डिडिसीले बढायो दूधको मूल्य, लिटरमै ११ रुपैयाँ बढ्यो

डिडिसीले बढायो दूधको मूल्य, लिटरमै ११ रुपैयाँ बढ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ।

संस्थानले बिहीबारदेखि लागु हुने गरी उपभोक्ताका लागि सबै चार प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो। निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाई सकेका छन्।

‘मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मुल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको छ भने बिहिवार (आज)बाट उपभोक्ताले नयाँ मुल्य अनुसारको दुध पाउनेछन,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ। यसअघि सो दुधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ। जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैया बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए।

Recent Comments

No comments to show.