add

कोशी ब्यारेजका २९ वटा ढोका खोलियो, तटीय क्षेत्रमा हाइ अलर्ट






ActPro Nepal

|

२१ साउन, २०७९

|
603

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक बढ्ने आकलनसँगै प्रशासनले हाइ अलर्ट जारी गरेको छ । पहाडी जिल्लामा निरन्तर वर्षा भएसँगै सप्तकोसीका सहायक नदीहरूमा पानीको सतह अत्यधिक बढेको छ । यसले कोसीमा पानीको बहाब अस्वभाविक बढ्ने अनुमान गरिएको छ ।

कोसी नदीमा पानीको अत्यधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी प्रशासनले जनाएको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ ।

पानीको बहाब हेर्दा शनिबार साँझसम्म कोसी ब्यारेज भएर ५ लाख क्युसेकभन्दा बढी प्रति सेकेन्डका दरले बहाब हुनसक्ने अनुमान गरिएको छ । ब्यारेजको संरचनासहित तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

कोसीमा अत्यधिक बहाब हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको छ । बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको छ ।

शनिबार मध्याह्न १२ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.