add

चीनमा सरकारी कर्मचारीलाई आइफोन प्रतिबन्धपछि एप्पलको शेयर मूल्य ओरालो






ActPro Nepal

|

२२ भदौ, २०८०

|
1273

काठमाडौं । चिनियाँ सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भएलगतै एप्पलको शेयर लगातार दोस्रो दिन ओरालो लागेको छ ।

पछिल्लो दुई दिनमा कम्पनीको शेयर बजार मूल्यांकन ६ प्रतिशतभन्दा बढी अर्थात् करिब २०० अर्ब डलर ९१६० अर्ब पाउन्डले घटेको छ ।

चीन टेक्नोलोजी जायन्टको तेस्रो सबैभन्दा ठूलो बजार हो, जसले गत वर्ष यसको कुल राजस्वको १८ प्रतिशत हिस्सा ओगटेको थियो। एप्पलका अधिकांश उत्पादनहरु यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनद्वारा निर्मित छन्।

वाल स्ट्रिट जर्नलका अनुसार बेइजिङले केन्द्रीय सरकारी निकायका अधिकारीहरूलाई आइफोन कार्यालयमा नल्याउन वा कामका लागि प्रयोग नगर्न आदेश दिएको छ ।

त्यसको अर्को दिन ब्लुमबर्ग न्युजले सरकारी स्वामित्वका कम्पनी र सरकार समर्थित एजेन्सीका कामदारमाथि पनि प्रतिबन्ध लगाउन सकिने जनाएको थियो । सेप्टेम्बर १२ मा आईफोन १५ लन्च हुनुअघि नै यो रिपोर्ट आएको हो ।

चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पललगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ ।

एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो। चीन एप्पलको सबैभन्दा ठूलो बजार पनि हो। कम्पनीको नाफाको १९ प्रतिशत चीनबाट मात्रै प्राप्त हुन्छ ।

चिनियाँ सरकारको आदेशलाई कत्तिको कडाइका साथ कार्यान्वयन भइरहेको छ भन्ने स्पष्ट छैन। यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन। उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ ।

एप्पलको शेयर बजार मूल्यांकन विश्वकै सबैभन्दा बढी २.८ ट्रिलियन अमेरिकी डलर रहेको छ । कम्पनीले बीबीसीको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

एप्पलका केही सप्लायर्सको सेयर पनि ओरालो लागेको छ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चिप्स आपूर्तिकर्ता क्वालकममा बिहीबार ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

दक्षिण कोरियाको एसके हाइनिक्सको शेयर मूल्य शुक्रबार ४ प्रतिशतले घटेको छ । वासिङ्टन र बेइजिङबीच तनाव कायमै रहेका बेला यी रिपोर्टहरू आएका हुन् ।

यसै वर्ष वासिङ्टनले आफ्ना सहयोगी जापान र नेदरल्यान्ड्ससँग मिलेर केही चिप प्रविधिमा चीनको पहुँचमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिका र चीनले एक अर्कामाथि प्राविधिक उत्पादनका विषयमा लगातार प्रतिबन्ध लगाउदै आएका छन् ।

अमेरिकाले हालै चीनीयाँ कम्पनीले उत्पादन गरेको हुवावेमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अधिकारीहरूलाई चिनियाँ सोशल मिडिया प्लेटफर्म टिकटक प्रयोग गर्न निषेध गरिएको छ।

बीबीसीबाट अनुवाद


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.