add

सामसङ इनोभेसन क्याम्पसको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्न






ActPro Nepal

|

१२ जेठ, २०८०

|
536

काठमाडौं । सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको हो ।

प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् । विद्यार्थीरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरिएको समारोहमा शिक्षा राज्य मन्त्री, प्रमिला कुमारी, सामसङको दक्षिण–पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख सुंग जुन पार्क, र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीको उपस्थिति भएको थियो ।

‘विद्यार्थीहरूको उत्सुक सहभागिता र विश्वविद्यालयबाट ठुलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौं,’ कम्पनीले भन्यो, ‘हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौं ।’

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो । 

यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिड्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना गरेको थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने छ ।

कोर्सको एक भागको रूपमा, युवाहरूलाई वास्तविक रोजगारीको सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ जसले उनीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउनेछ ।

“नेपालमा यो प्रतिष्ठित कोर्स सञ्चालन गर्न पाउँदा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ प्रसंनित छ। यो हाम्रा विद्यार्थीहरूको विकास र उत्थानको लागि सहायक हुनेछ। हामीले कोडिङ र प्रोग्रामिङ कोर्स पूरा ग¥यौँ जसको लागि हामी निक्कै आभारी छौँ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,” त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने।

प्राविधिक प्रशिक्षणको साथसाथै, यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरुलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ। यसले समस्या समाधान गर्ने क्षमताहरूलाई पनि निखार्छ  जसले विद्यार्थीहरूलाई नवीन विचारकर्ता बन्न सक्षम बनाउँछ।

इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित कोर्सहरूको एक भागको रूपमा, विद्यार्थीहरूले प्रयातिकल प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नु पर्नेछन्। यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका प्रोजेक्टहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ, प्रोग्रामिङ र आईओटीले भूमिका रहेनेछ।

सामसङ इनोभेसन क्याम्पस, जुन सामसङको “टूगेदर फर टुमोरो!” को ग्लोबल सीएसआर भिजनको हिस्सा हो, २०१९ मा सुरु भएको थियो। मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ, उनीहरूलाई अर्को पुस्ताको कार्यबल बन्नका लागि तयार बनाउँछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.