add

सामसङ्गद्वारा ग्यालेक्सी एस२३ सिरिजको बिक्री शुभारम्भ






ActPro Nepal

|

१२ फागुन, २०७९

|
481

काठमाडौं । सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ ।

ग्यालेक्सी एस२३ सिरिजको प्रि-अर्डर आफैमा एक ठूलो सफलता भएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढि प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा भन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ । पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । 

ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समयसम्म टिक्ने, गुणस्थरिय र भविश्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् । उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएको भन्दा पहिले नै समाप्त गर्नुपरेकाे थियो।

साे अवसरमा सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने- “हामी हाम्रा ग्राहकहरु प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं, । यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुले देखाउनु भएको बलियो विश्वास झल्किएको छ ।”

देशभरका डिलरहरुले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन् । यस ग्यालेक्सी एस२३ सिरिज प्रति ग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरू पनि हर्षित र उत्साहित छन्।

नयाँ २०० एमपि एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङ्गको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्दछ । ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ ।

यस्तै, यसमा भएको ग्यालेक्सीको निम्ति स्न्याप ड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ्ग ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुन प्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।

ग्यालेक्सी २३ सिरिजले सामसङ्ग मेसेज गार्ड (Samsung Message Guard) मार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पुर्याएको छ । यो शक्तिशाली स्यान्डबक्सिङ उपकरणले शून्य-क्लिक शोषण आक्रमणहरू (zero click exploit attack) विरुद्धपनि पूर्णरुपमा सुरक्षा प्रदान गर्दछ । यो एक नयाँ प्रकारको साइबर आक्रमण हो जहाँ केवल तस्विर प्राप्त गर्दा पनि मोबाइल तथा त्यसमा भएका डाटालाई हानी पुर्याउन सक्छ । सामसङ्ग मेसेज गार्डले भर्चुअल क्वारेन्टाइनको रूपमा काम गर्छ जसले हानिकारक तस्बिरहरूलाई छुट्टै राखेर तपाईंले सुरक्षित तस्बिरहरू मात्र प्राप्त गर्नुहुन्छ भनी सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.