add

रियलमीकाे सबैभन्दा स्लिम मोडल ‘रियलमी १०’नेपाल आउँदै






ActPro Nepal

|

१० फागुन, २०७९

|
520

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।

जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ । यति स्लिम भएर पनि यसमा ब्याट्रि भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको छ ।

स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ ।

अहिलेका उपभोक्ताहरुको धेरैजसो समय स्मार्टफोनमा बित्ने गर्छ । गेम खेल्न होस् अथवा आफ्नो परिवार र साथीहरुसँग फोनमा कुराकानी गर्न होस् अथवा सामाजिक सञ्जालमै पनि अपडेटेड भइरहनको लागि फोन धेरै समयसम्म चलाईरहनुपर्ने हुन्छ । त्यसैले स्मार्टफोन डिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्स (फोन समाउँदा हुने अनुभव) लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको छ । त्यसैले रियलमीले आफ्ना अधिकांश उत्पादनहरु हलुका र स्लिम बनाउँदै आइरहेको छ । यसका साथै रियलमी आफ्ना नम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागि उच्च–स्तरीय र स्टाइलिस उत्पादनहरु बजारमा ल्याउन प्रतिबद्ध छ ।

६.४ इन्चको ठुलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हलुका र अल्ट्रा–स्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाई हो ।

त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २००% अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्ध थपेका छन । यो सँगै अब उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मज्जा लिन सक्नेछन् ।

यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.