add

एप्पलको ब्राण्ड मूल्य ४ खर्ब ८२ अर्ब, यी हुन् विश्वका सबैभन्दा महँगा १० कम्पनी






ActPro Nepal

|

१९ कार्तिक, २०७९

|
466

काठमाडौं । अमेरिकी प्रविधिका दिग्गज एप्पल ४ खर्ब ८२ अर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । आइफोन उत्पादन कम्पनी एप्पलको २०२२ मा बजार मूल्य ४ खर्ब ८२ अर्ब २१ करोड डलर पुगेर नयाँ रेकर्ड राखेको हो ।

यस पटक एप्पलको बजार ब्राण्ड मूल्य १८ प्रतिशतले बढेको छ। अघिल्ला वर्ष एप्पलको बजार मूल्य ४ खर्ब ८ अर्ब २५ करोड डलर थियो। एक वर्षको अवधिमा एप्पलको बजार मूल्य ७४ अर्ब डलर थपिएको छ।

समाचार एजेन्सीका अनुसार कम्पनीका भर्चुअल रियालिटी तथा स्वचालित कारलगायत सबैभन्दा बढी बिक्री हुने उत्पादनका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउने मध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।

त्यस्तै माइक्रोसफ्ट र्‍याकिंङको दोस्रो नम्बरमा उक्लिएको छ। अमेजनलाई उछिन्दै माइक्रोसफ्ट दोस्रो नम्बरमा उक्लिएको हो । माइक्रोसफ्टको ब्राण्ड २ खर्ब ७८ अर्ब २८ करोड डलर पुगेका छ। गत वर्ष कम्पनीको ब्राण्ड मूल्य २ खर्ब १० अर्ब १९ करोड डलर थियो।

अमेजनको ब्राण्ड मूल्य २ खर्ब ७४ अर्ब ८१ करोड डलसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा सर्च इन्जिन गुगल इंक छ। गुगलको ब्राण्ड मूल्य २ खर्ब ५२ अर्ब ७५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष गुगलको बजार मूल्य १ खर्ब ९६ अर्ब ८१ करोड डलर थियो। एक वर्षको बीचमा गुगलको बजार मूल्य ५६ अर्ब डलर बढेको छ।

पाँचौं स्थानमा जापानको मोटर कम्पनी टोयोटा छ। टोयटाको बजार ब्राण्ड मूल्य १० प्रतिशतले बढेको छ। उसको बजार मूल्य ५९ अर्ब ७५ करोड ५० लाख डलर छ। यसअघि टोयटाको बजार मूल्य ५४ अर्ब १० करोड ७० लाख डलर थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.