add

नेपाल आयो ‘रियलमी नार्जो ५०ए प्राइम’






ActPro Nepal

|

२९ साउन, २०७९

|
717

काठमाडौं।  रियलमीको नार्जो सिरिज अन्तर्गत ‘नार्जो ५०ए प्राइम’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ।

अल्ट्रा-स्लिक डिजाइन भएको यो फोनको तौल १९२.५ ग्राम छ। फोनमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा राखिएको छ, जसमा सुपर क्लोज फोकस भएका म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजरसहितको ब्ल्याक एन्ड ह्वाइट लेन्स रहेको छ। साथै सेल्फीका लागि मोबाइलमा ८ मेगापिक्सेलको क्यामेरा छ।

६.६ इन्चको फुल एचडी डिस्प्ले रहेको फोन युनिसक टी६१२ प्रोसेसरबाट सञ्चालित छ। यसमा ५००० एमएएच ब्याट्री दिइएकाे छ, जुन स्ट्यान्डबाई मोडमा ३९ दिनसम्म टिक्ने कम्पनीको दाबी छ। ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा यो फोन २१ हजार ७९९ रुपैयाँ किन्न सकिन्छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.