add

३३३ रुपैयाँमै वाईफाई–नेपालको ३० एमबीपीएस इण्टरनेट






ActPro Nepal

|

१ असार, २०७९

|
792

काठमाडौं । नयाँ इण्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इण्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

सबै नेपालीलाई सहुलियतपूर्ण इण्टरनेटको पहुँचमा पु-याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इण्टरनेट प्याकेज ल्याएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ ।

हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ ।

कम्पनीका अनुसार बार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इण्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यस्तै ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपैयाँमा र छ महिने प्याकेज २१०० रुपैयाँमै पाउन सकिनेछ । त्यस्तै ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५०० रुपैयाँ र छ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ मात्र पर्नेछ ।

३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याट बाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याट बाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

यी दुवै प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । ‘इण्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सीईओ रितेशराजसिंहले भने, ‘यसले गर्दा उपभोक्ताले स्तरीय इण्टरनेटको अनुभव गर्न पाएका छैनन् ।’ तर आफ्नो कम्पनीले उपलब्ध गराउने इण्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पु¥याउन सहयोग पुग्ने सिंहको भनाई छ ।

कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ । ग्राहकले वाईफाईनेपाल डट कम डट एनपी वेबसाइटमा गएर इण्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन् ।

कम्पनीका अनुसार इण्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, छ महिना वा एक वर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि १५०० रुपैयाँ मात्र तिर्नुपर्ने छ । जडान तथा इन्स्टलेसनका लागि थप शुल्क लाग्ने छैन ।

हाल घरायसी प्रयोजनको लागि मात्रै इण्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । ‘मूल्यसँगै गुणस्तरमा पनि स्तरीय बन्नका लागि हामीले पछिल्लो एक वर्षदेखि गृहकार्य गरेका छौं,’ सिंहले भने, ‘पूर्ण तयारीका साथ सेवा सुरु गर्न लागेकाले बिक्री पछिको सेवामा पनि उपभोक्ताले कमी महसुस गर्नुपर्ने छैन ।’

‘हाम्रो पहिचान भनेकै यसको मूल्य हो, मूल्यसँगै गुणस्तरलाई पनि उत्तिकै ध्यान दिएका छौँ,’ सिंहले भने । कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यी प्याकेज उत्तिकै उपयोगी हुने र सबैको पहुँचमा इण्टरनेट पु-याउनको लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

इण्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरु घोषणा गर्ने तयारी गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.