add

अब टिकटकमा गेम खेल्न सकिने, लाइभमा विभिन्न रोमाञ्चक सुविधा थप






ActPro Nepal

|

८ जेठ, २०७९

|
736

काठमाडौं । टिकटक पछिल्लो समय सबैभन्दा रुचाइएको सामाजिक सञ्जाल बन्न पुगेको छ । यसलाई विश्वकै सबैभन्दा छिटो बढेको अर्थात ‘फास्ट ग्रोइङ’ सामाजिक सञ्जालका रुपमा लिन सकिन्छ ।

जसले मासिक १ अर्ब सक्रिय प्रयोगकर्ताले हेर्ने गरेको युट्युवलाई समेत पछाडी पारेको छ । यसैबीच टिकटकले छोटो भिडियो बनाउँदा दिक्क मान्ने प्रयोगकर्ताका लागि लक्षित गर्दै टिकटकमा अन्य गतिविधि समेट्ने तयारी गरेको छ ।

कम्पनीले एचटीएमएल फाइभ गेममा लगानी गर्न लागेको हो । रोयटर्सका अनुसार सो गेमको परिक्षण शुरु गरिसकेको छ । त्यसो त कम्पनीले वेब आधारित गेम भन्दा टिकटकका अन्य विभिन्न गेमहरु तयार गर्ने रणनिती हुनसक्छ ।

तर टिकटकले आफ्नो लाइभ मोबाइल गेममा पनि विभिन्न काम गरेको देखिन्छ । जसले विशेषगरी लाइभस्ट्रिमिङमा फ्यानहरुलाई होल्ड गर्न तथा थप मनोरञ्जन दिन सहयोग गर्छ ।

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको कम्पनीले हाल विभिन्न परीक्षण गरिरहेको हो । यसले मिनी गेमबाट आफ्नो गेम जोनको यात्रा तय गरेको बताइएको छ । तर कम्पनीले भने त्यसलाई अस्विकार गरेको रोयटर्सले जानकारी दिएको छ ।

गेमिङ फिचरले विश्वको एक अर्बभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता भएको यो प्लेटफर्मको राजस्व बढ्ने छ । भियतनाममा ७० प्रतिशत ३५ बर्षभन्दा कमका जनसंख्या प्रविधिमा निकै अभ्यस्त भएकोले पनि त्यहाँबाट परीक्षण शुरु गरिएको हो । त्यसो त फेसबुक, गुगल युट्युवलगायतले पनि यी जनसंख्याको फाइदा उठाएका थिए ।।

चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले दक्षिणपूर्वी एसियामा गेमिङलाई अझ व्यापक रूपमा सार्वजनिक गर्ने योजना बनाएको छ ।

रोयटर्सको रिपोर्ट अनुसार यसै तेस्रो त्रैमासतिर गेमिङ फिचर सार्वजनिक हुने बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.