add

ग्रामिण दुरसञ्चार परियोजनाअन्तर्गत ९६ प्रतिशत साइटमा ब्रोडब्याण्ड इन्टरनेट






ActPro Nepal

|

३ माघ, २०७८

|
1594


काठमाडौं । ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत मंसिर मसान्तसम्म ९६.३१ प्रतिशत साइटहरुमा मंसिरसम्म ब्रोडब्याण्ड इण्टरनेट पुगेको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी मंसिरमहिनासम्मको प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌वटा सम्झौता भएका कुल साइट संख्या १५ हजार ९ सय ८२ छ।

जसअन्तर्गत स्थानीय निकायको कार्यालय ७ सय २, वडा कार्यालय ५ हजार ९ सय ३३, माध्यमिक विद्यालय ५ हजार २ सय २५ र स्वास्थ्य संस्था ४ हजार १ सय २२ रहेको प्राधिकरणले जनाएको छ।

यो प्रगतिको आँकडा कार्तिक मसान्तसम्म ९६.०४, असोज मसान्तसम्म ९५.१७ प्रतिशत, भाद्र मसान्तसम्म ९४.४१ प्रतिशत थियो भने श्रावण मसान्तसम्म ९१.८७ प्रतिशत रहेको थियो ।

१८ ‌ओटा प्याकेजमध्ये असोज मसान्तसम्म १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ।

साथै एउटा प्याकेजमार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

हाल काम सकिएको कुल साइट संख्यामध्ये ६ सय ७९ स्थानीय निकायको कार्यालय, ५ हजार ६ सय ६४ वडा कार्यालय, ५ हजार २ सय २५ माध्यमिक विद्यालय र ४ हजार २७ स्वास्थ्य संस्था गरी १५ हजार ३ सय ९३ साइटमा इन्टरनेट जडानको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अब २३ स्थानीय निकायको कार्यालय, २ सय ६९ वडा कार्यालय, २ सय २ माध्यमिक विद्यालय र ९५ स्वास्थ्य संस्था गरी कुल ५ सय ८९ साइटमा मात्रै इण्टरनेट सेवा जडान गर्न बाँकी रहेको छ।

ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेज मार्फत ६५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा १ हजार तथा एउटा प्याकेज मार्फत ५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ५ सय ५ भन्दा बढी कार्य सम्पन्न भएर सेवा संचालनमा आएको जनाएको छ।

२ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ। त्यस्तै एउटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएर प्रतिवेदन आइसकेको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ।

प्राधिकरणले याे परियोजना २०७३ देखि सुरू गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत अगाडि बढाएका ठूला परियोजनामध्येको यो एक वृहत परियोजना हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.