add

ओपोद्वारा नवप्रवर्तनात्मक प्रविधि तथा पहलहरु सार्वजनिक






ActPro Nepal

|

२२ कार्तिक, २०७८

|
1140

‘काठमाडौं । बिल्डिंग अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी) को आयोजना गरेको छ । सम्मेलन मार्फत ओपोले ओमोजी, रे ट्रेसिंग र हेटेरोजिनस कम्प्यूटिंग जस्ता प्रविधिहरुका साथै, आफ्नो नयाँ ओपो हेल्थ एण्ड कारलिंक व्यवसायको घोषणा पनि गरेको छ ।

‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै अन्तरक्रियाका प्रबृत्तिहरु समेत बृहत्त तथा विविध छन् । विकासकर्ताहरु प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो ।’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका अध्यक्ष लेभिन ल्यूले भने, ‘ओपो  आफ्ना विकासकर्ताहरुलाई चुनौतीहरुको सामना गर्न  तथा प्रयोगकर्ताहरुका लागि सुदृढा भविस्यको निर्माणमा सहकार्य तथा सशक्तिकरणका लागि समर्पित छ ।’

ओपोले प्रयोगकर्ताहरु माझ उत्कृष्ट सेवा अनुभव पुर्याउँदै बहु संख्यक मानिस तथा उपकरणहरुबीच प्राकृतिक अन्तरक्रियाका लागि त्रुती रहित अन्तर सम्बन्ध स्थापित गर्दै प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभव उपलब्ध गराउने परिकल्पना गरेको छ । यस्तो भविस्यका लागि सुदृढ भिज्यूअल्स, कुशल कम्प्यूटिंगका साथै बहुसंख्यक उपकरणहरुबीच घनिष्ठ जडानको आवश्यकता पर्दछ । आफ्नो यस परिकल्पनालाई साकार पार्ने कार्यमा  ओपोलाई साथ दिन विकासकर्ताहरुको क्षमता अभिबृद्धिका लागि कम्पनीले विभिन्न प्राविधिक क्षमताहरुको श्रृंखला नै सार्वजनिक गरेको छ ।

 परिस्कृत भिज्यूअल्सका लागि, ओपोको ओमोजी र रे ट्रेसिंग प्रविधिहले विकासकर्ताहरुलाई एप्स तथा गेम्समा जीवन्तता प्रदान गर्न सघाउनेछ ।

ओपोले कलरओएस मार्फत एआई सञ्चारित ओमोजी प्रविधि ल्याएको छ । यसमा रहेको डिप लर्निंग मोडल्स र शक्तिशाली एआई अल्गोरिदमहरु मार्फत यसले अनुहारका सुक्ष्म भावहरु खिच्न र पुणःउत्पादन गर्ने क्षमता राख्छ । यसले गर्दा भर्चुअल संसारमा प्रयोगकर्ताहरुका सटीक अवतारहरु बनाउन सकिन्छ । 

भल्क्यान प्रविधिमा आधारित तथा रे ट्रेसिङ सक्षम मोबाइल हार्डवेयरको अर्को पुस्ताका लागि निर्मित, ओपो रे ट्रेसिङले वास्तविकता नजिक विवरणहरू पुनः उत्पादन गरी प्रयोगकर्ताका लागि सुदृढ दृष्यानुभूति प्रदान गर्ने क्षमता बोकेको छ । ओपोले मोबाइल उपकरणहरूमा यसको प्रोटोटाइप विकास गर्ने कार्य सम्पन्न गरिसकेको छ र सन् २०२२को ६ महिना भित्रै विकासकर्ताहरूका लागि प्राविधिक क्षमता माथि पहुँच प्रदान गर्ने योजना बनाएको छ । थ्रीडी लाइभ वालपेपर्स, ईमेज फिल्टर्स र एआर जस्ता क्षेत्रमा  रे ट्रेसिङ टेक्नोलोजीको व्यापक प्रयोग सम्भावना रहेको छ ।

कम्प्युटिङको आवश्यकता दिनानुदिन बढ्दै गइरहेका छन्  र समयसंगै तिनको क्षमतामा ब्यापक बृद्धि हुनु आवश्यक छ । ओपोले प्रदर्शन र पावर अप्टिमाइजेसन समाधानका रुपमा हेटेरोजिनस कम्प्यूटिंग सार्वजनिक गरेको छ । यसले विभिन्न कोर्स, थ्रेड्स तथा प्रोसेसरहरूको अझ प्रभावकारी रूपमा प्रयोग गर्ने क्षमता बोकेको छ । ओपोको हेटेरोजिनस कम्प्युटिङ क्षमताहरूका माध्यमबाट विकासकर्ताहरूले अझ सजिलैसँग अनुप्रयोग कार्यसम्पादन समस्याहरू समाधान गर्न र कार्यक्रमहरूलाई छिटो र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्नेछन् ।

आजको समयमा, मानिसहरूका घर तथा कार्यस्थल उपकरणहरूले भरिएका छन्, तर कारहरू अझै पनि आवश्यक मात्रामा जोडिन सकेका छैनन् । सर्वव्यापी सेवालाई वास्तविकतामा परिनत गर्नका लागि कारहरूलाई पनि मानिसहरूको डिजिटल जीवनमा एकीकृत गर्न आवश्यक छ । ओपोले कारको ढोका खोल्ने र स्मार्टफोन मार्फत कारको स्क्रिनमा कास्ट गर्ने जस्ता धेरै कार्यहरू सम्पादन क्षमता बोकेको ओपो कारलिङ्क सोल्यूशन प्रस्तुत गरेको छ । ओपो कारलिङ्कले विकासकर्ताहरूलाई कारसँग सम्बन्धित उत्पादनहरू निर्माण गर्न सजिलो पहुँच प्रदान गर्दै स्मार्टफोन र कारहरू जडान गर्ने क्षमता विस्तार गर्नेछ । ओपो कारलिंक हाल ७० भन्दा बढी कम्पनीहरूसँग साझेदारी गरिरहेको छ ।

ओपोले निवारक चिकित्सा हेरचाह र जीवनशैली परिवर्तनमा केन्द्रित ओपोको स्वास्थ्य व्यवसाय, ओपो हेल्थको स्थापनाको औपचारिक घोषणा पनि गरेको छ । सेन्सर, एल्गोरिदम, डाटा र बायोमेडिकल इन्जिनियरिङद्वारा सञ्चालित, ओपो हेल्थले राम्रो स्वास्थ्य सेवा समाधानका लागि प्रयोगकर्ता र स्वास्थ्य सेवा प्रदायकहरूलाई निरन्तर र दीर्घकालीन डाटा, मोडलहरू र प्रतिक्रियाहरू प्रदान गर्ने लक्ष्य बोकेको छ ।

सन् २०२१ को शुरुवात संगै स्थापित ओपो हेल्थ ल्याब, निद्रा, खेलकुद, हृदय स्वास्थ्य, र टेलिमेडिसिन जस्ता क्षेत्रहरूमा केन्द्रित बहु–विषयिक आरएण्डडी समूह हो । ओपोले स्वास्थ्य उद्योगका सहयोगीहरूका लागि डाटा सङ्कलन, विश्लेषण र एप विकासमा सहयोगका साथै उनीहरूको अद्वितीय स्वास्थ्य अनुसन्धानमा मद्दत गर्न र अन्ततः ओपोको स्वास्थ्य इकोसिस्टममा एक स्वतन्त्र एपमा रूपान्तरण गर्न डिजाइन गरिएको उपकरणहरूको सेट ‘ओपो हेल्थ रिसर्च किट’ पनि सार्वजनिक गरेको छ ।

ओपोले ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ मिशनको पालना गर्दै विकासकर्ता तथा साझेदारहरूलाई इन्टेलिजेन्ट अनुभवको युगमा खुला र ‘विन–विन’ मानसिकताका साथ काम गर्न निम्तो दिएको छ । ओपोले विश्वभरका प्रयोगकर्ताहरूका लागि विविध र निर्बाध प्रविधि अनुभवहरू सिर्जना गर्न थप विकासकर्ताहरूसँग काम गर्ने लक्ष्य बोकेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.