add

डिशहोमले ल्यायो आकर्षक छुट, ४ भाग्यशाली स्पेन जान पाउने






ActPro Nepal

|

२१ असोज, २०७८

|
758

काठमाडौं । डिशहोमले दशैंतिहार तथा छठ पर्वका अवसरमा आकर्षक छुटको प्याकेज ल्याएको छ । ग्राहकले डिशहोमको रिचार्ज गर्दा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

यो योजनासँगै ग्राहकहरुले अब मासिक ८ सय ९९ मा नै १०० एमबिपिएस इन्टरनेटको मज्जा फाइफजी ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै, डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकले २ हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।

स्पेन जाने ४ भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत् गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.