add

इन्टरनेटको तार काट्नेलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग






ActPro Nepal

|

१७ असोज, २०७८

|
1141

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इण्टरनेटको तार काट्नेलाई कारबाही गर्न माग गरेको छ ।

विद्युत् प्राधिकरणको कारण देशका विभिन्न ठाउँमा इण्टरनेट सेवा प्रभावित भएको भन्दै तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने इण्टरनेट सेवा नै बन्द हुने गरी तार काटिनु दुखद् विषय भएको जनाएको छ ।

पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इण्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल भैरहेको अवस्थामा अचानक तार काट्नु गलत भएको र दूरसञ्चार ऐन, २०५३ अनुसार यो दण्डनीय क्रियाकलाप भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

राज्यको अति आवश्यक सेवाको बन्द गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ ।

हरेक समस्याको समाधान वार्ताबाट मात्र हुने भन्दै दूरसञ्चार प्राधिकरणले सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इण्टरनेट सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण र इण्टरनेट सेवा प्रदायक संघलाई आग्रह समेत गरेको छ ।

शनिबार विद्युत प्राधिकरणले इण्टरनेट नै अवरुद्ध हुने गरी भरतपुर, बुटवल, धादिङ, ताप्लेजुङ, काठमाडौंका केही स्थान, र विराटनगर लगायतका स्थानमा तार काटेको छ ।

आफूले बढाएको पोल भाडा नतिरेको भन्दै प्राधिकरणले इण्टरनेटको तार काट्न सुरु गरेको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.