add

अनलाइन कक्षाको प्रभाव : आँखामा समस्या, टाउको दुख्ने र मानसिक तनावमा वृद्धि






ActPro Nepal

|

१७ साउन, २०७८

|
1347

काठमाडौं । अनलाइन कक्षा लिने ५५ प्रतिशत बच्चाहरू स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त भएको एक अध्ययनले देखाएको छ ।

महामारीमा लामो समयसम्म भएको अनलाइन कक्षाको कारण विद्यार्थीहरूमा तनाव, आँखा समस्या र अनिद्रा जस्ता समस्या दखिएको भारतको लखनऊमा स्प्रिंग डेल कलेज चेन अफ स्कूलले गरेको एक सर्वेक्षणमा देखिएको छ ।

सर्वेक्षणमा ४,४५४ जना समावेश थिए । यसमा विभिन्न स्कूलका ३,३०० विद्यार्थी, १ हजार अभिभावक र १५४ शिक्षकलाई अनलाइन कक्षाका फाइदा र बेफाइदाबारे सोधिएको थियो।

सर्वेक्षणमा ५८ प्रतिशत विद्यार्थीले उनीहरू आँखा, ढाड दुख्ने, टाउको दुख्ने, थकान र मोटोपना सम्बन्धी समस्याबाट पीडित रहेको बताएका छन् ।

त्यस्तै, ५० प्रतिशतले भने उनीहरु तनावबाट विचलित भएका छन् । २२ प्रतिशतले अनिन्द्राको समस्या भएको बताए । एजेन्सी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.