add

आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छ : मन्त्री चौधरी






ActPro Nepal

|

३ वैशाख, २०८१

|
111

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वस्थ, सभ्य, असल र संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।

सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले धार्मिक सद्भाव र आध्यात्मिक चेतनाले वर्तमान समाजलाई परिवर्तन गर्न सक्ने बताइन्।

नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदीको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताइन्।

‘हामी धर्म, कर्म, आध्यात्मिक चेतनाले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौँ भन्ने आशा राख्छौँ, तर त्यतिमात्रै होइन। अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ, अस्वस्थ प्रतिस्पर्धा छु,’ उनले भनिन्, ‘यसले अस्वस्थ प्रतिस्पर्धालाई चिर्न मद्दत पु¥याउँछ । त्यसकारण हरेक व्यक्ति अनुशासनमा रहने हो भने धार्मिक हुनु जरुरी छ।’

भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रशङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीयसँगै आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

उनले बराहक्षेत्र र चतरा एक महत्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै यहाँको धार्मिक गन्तव्यहरूको विकास र प्रवद्र्धन गर्नका निम्ति तीन वटै तहका सरकारले ध्यान केन्द्रीत गर्नुपर्ने बताइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.