add

आज मिती २०७९ साल मंसिर ८ गते बिहीवार, तपाइँको आजको राशिफल कस्तो छ ?






ActPro Nepal

|

८ मंसिर, २०७९

|
801

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ मंसिर ८ गते, बिहीवार, २४ नाेभेम्बर २०२२। मार्ग शुक्लपक्ष प्रतिपदा तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि– वृश्चिक।

आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक कामले यात्राको अवसर दिलाउन सक्छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा तत्काल जुट्न नसकिएला। आत्मविश्वास कमजोर हुनेछ। अज्ञानताले पनि काम कुनै राेकिन सक्छ। नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ। वादविवादको समय रहेकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट प्रशस्त नाफा हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हाेला। नयाँ काम गर्न समयले साथ दिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। पहिलेको सफलताले पति थप अवसर दिलाउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

तपाईँको दिन शुभ रहोस् ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.