add

बाला चतुर्दशी मेला: महादीप दान गर्नेसँग शुल्क नलिन पशुपति क्षेत्र विकास कोषको आग्रह






ActPro Nepal

|

५ मंसिर, २०७९

|
607

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। 

कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।

पशुपति क्षेत्रमा सोमबार बेलुकी र मंगलबार बिहान लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ । 

पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो। यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको कोषले जनाएको छ। 

 पितृका नाममा आज बेलुकी महादीपदान गर्ने भक्तजनले भोलि बिहान सद्गतिको कामना गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्नेछन् । पशुपति क्षेत्रमा लाग्ने वर्षभरका ठूला मेलामध्ये बाला चतुर्दशी मेला एक हो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.