add

महाशिवरात्रीको रात किन सुत्नु हुँदैन ? जानी राखौ, धेरैलाई थाहा नहुनसक्छ






ActPro Nepal

|

१७ फागुन, २०७८

|
2037

काठमाडौं । अधिकांश मानिसहरु शिवरात्रीको दिन भगवान शिवको आराधना गर्छन् तर धेरैलाई यो थाहा नहुनसक्छ त्यसदिन शिवको आराधना किन गरिन्छ ? धेरैको बुझाइ एकै नहुनसक्छ । कोहि भगवान शिवलाई खुशी पारी वरदान लिनका लागि त कोहि अरुले गरेको देखेर पनि गर्छन् । तर यसको मुख्य कारण भने अर्कै छ ।

पूर्णिमाको अघिल्लो दिन सबैभन्दा अँध्यारो रात हुन्छ । जसलाई शिवरात्रीको नाम दिइन्छ । वर्षमा १२ देखि १३ वटासम्म शिवरात्री हुन्छ । तर माघ महिनामा आउने शिवरात्रीलाई महाशिवरात्री भनिन्छ ।

त्यस रात कोहि पनि सुत्नु हुँदैन भन्ने प्रचलन रहिआएको पाइन्छ । महाशिवरात्रीको अँध्यारो रातमा ग्रहको स्थिति यस्तो हुन्छ कि जहाँ मानव प्रणालीमा एक शक्तिशाली उर्जा प्राप्त हुन्छ । सो दिन रातभर ऊर्ध्वाधर स्थितिमा जागा बसेमा शारीरिक र आध्यात्मिक भलाइका लागि लाभदायक हुन्छ । यसकारण योग परम्पराका अनुसार महाशिवरात्रीको रात कुनैपनि मानिस सुत्नु हुँदैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.