add

गुरु नानकको ५५३औं जन्मजयन्ती मनाइँदै






ActPro Nepal

|

३ मंसिर, २०७८

|
1106

काठमाडौं । शिख धर्मका प्रवर्तक गुरु नानकको आज शुक्रबार ५५३औं जन्मजयन्ती । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् ।

गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तको तलबडी भन्ने ठाउँमा भएको थियो । यस स्थानलाई अहिले ननकाना भनिन्छ ।  गुरू नानक शिख धर्मावलम्बीका प्रथम गुरूसमेत हुन् । उनलाई उनका अनुयायीहरूले बाबा नानक, नानकशाह पनि भन्छन् । 

सन् १४८५ मा सुलक्खनी नाम गरेकी महिलासँग विवाह गरेका उनको श्रीचन्द दास र लक्ष्मीचन्द दास गरी दुई छोरा थिए । उनी ‘ईश्वर एक छन् ईश्वर नै सर्वशक्तिमान हुन् र यो नै सत्य हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्ने व्यक्ति थिए । उनले रचना गरेको जपुजी नामक ग्रन्थलाई शिख सम्प्रदायको गीताको रूपमा मानिन्छ । यसलाई शिखहरू नित्य पाठ गर्ने गर्दछन् । 

उनको मृत्यु २२ डिसेम्बर १५३९ मा भएको थियो । मृत्युअघि उनले आफ्नो गुरु गद्दीलाई आफ्ना शिष्य गुरू अंगददेवलाई जिम्मा लगाएका थिए । 

भारतको पंजाबमा रहको पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दैै शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.