add

सर्वसाधारणका लागि खुला भयो हनुमानढोका सङ्ग्रहालय






ActPro Nepal

|

२९ भदौ, २०७८

|
835

काठमाडौँ । कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द गरिएको हनुमानढोका दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ। 

कोभिड–१९ को महामारी र बन्दाबन्दीको कारण गत बैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द थियो। हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले कोभिड–१९ को महामारी सामान्य हुँदै गएपछि दरबार सङ्ग्रहालय खुला गरिएको जानकारी दिए।

उनले सरकारद्धारा कार्यान्वयनमा ल्याइएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सङ्ग्रहालय खुला गरिएको बताए। सार्वजनिक विदासहित हप्ताको सातै दिन सङ्ग्रहालय खुला रहनेछ।

तत्कालको लागि पुरानो गरगहना सम्बन्धीको प्रदर्शनी खुला गरिएको छ। त्यसैगरी, अहिले दरबारभित्र रहेको नासल चोक, लोहः चोक, पुतली बगैचा अवलोकनको लागि खुला गरिएको छ।  त्यसैगरी, राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको गाडी समेत प्रदर्शनीमा राखिएको छ।

हनुमानढोका दरबार सङ्ग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ। सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी तीन सय रुपियाँ टिकट निर्धारण गरिएको सङ्ग्रहालय प्रमुख खनालले बताए।  नेपाली आगन्तुकलाई ३० रुपियाँ टिकट तय गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.