add

हरिशयनी एकादशीको माहात्म्यको महिमा






ActPro Nepal

|

५ साउन, २०७८

|
981

ज्याे पं विष्णु प्रसाद खनाल

एक पटक देवर्षि नारदले ब्रह्मासँग हरिशयनी एकादशीको माहात्म्यको बारेमा सोध्नुभयो, त्यसको उत्तरमा ब्रह्माजीले भन्नुभयो कि,  ‘सत्ययुगमा मान्धाता नामक एउटा चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा असाध्यै सुख र आनन्दपूर्वक बस्दथे । एकपटक तिनको राज्यमा लगातार तीन वर्षसम्म वर्षा नहुनाले भयङ्कर अनिकाल पर्याे । प्रजा व्याकुल भए । यस दुर्भिक्षले चारैतिर त्राहि-त्राहि मच्चियो । धर्म पक्षका यज्ञ, हवन पिण्डदान, कथा, व्रत आदि सबै कुरामा कमी आयो । प्रजाले राजाको दरबारमा गएर आफ्नो वेदना सुनाए । राजाले भने – ‘तपाईहरूको कष्टका बारेमा मलाई जानकारी छ, यो कष्ट धेरै ठूलो छ । म तपाईंहरूको भलाइका निम्ति पूरा प्रयत्न गर्दैछु ।’ राजा यस परिस्थितिबाट पहिलादेखि नै दुखी थिए । ती ध्यानमग्न भएर सोच्न थाले आख़िरी मैले यस्तो कुन पाप-कर्म गरेछु, जसको फल मैलेमात्र होइन, मेरा प्रजाले पनि प्राप्त गरिरहेका छन् ?’

अनि प्रजाको वेदना तथा कष्टलाई सहन नसकेकाले, यस कष्टबाट मुक्ति पाउने कुनै उपाय पो प्राप्त हुन्छ कि भन्ने उद्देश्यले राजा एक दिन आफ्ना सेनाका साथमा जङ्गलतर्फ गए । जङ्गलमा विचरण गर्दागर्दै एक दिन ती ब्रह्माका तेजस्वो पुत्र अङ्गीरा ऋषिको आश्रममा पुगे । ऋषिलाई यथोचित साष्टाङ्ग प्रणाम गरेपछि मुनिले राजालाई आशीर्वाद दिंदै उनको कुशलक्षेमका बारेमा जानकारी लिए । त्यसपछि जङ्गलमा दुर्गम स्थानमा रहेको आफ्नो आश्रममा आउनु पर्ने अभिप्राय जान्ने इच्छा गरे । अनि राजाले हात जोडेर भने -‘महात्मन् ! सबै प्रकारले धर्मको पालन गर्दागर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य हेर्न विवश छु । म यसको कारण जान्दिन । आखिरमा किन यस्तो हुदैछ, कृपया हजुरले यस विघ्नको समाधान कसरी हुन्छ र कारण के हो? पत्ता लगाएर मेरो संशय नाश गर्नुहोस् ।’

मनुष्यको शरीर ब्रह्माको नगरी हो। यस ब्रह्माण्डमा पनि नवग्रह छन् र यी नवग्रहले हाम्रो जीवनमा प्रभाव पारिराखेको हुन्छ । मानसिक र शारीरिक शुद्धता भएमा सबै ग्रहको राम्रो किरण मात्र प्राप्त हुन्छ।

राजाका कुरा सुनेर अङ्गीरा ऋषिले भने- ‘हे राजन् ! हिजोआज सत्ययुगको समय छ, जुन सबै युगहरुमा श्रेष्ठ र उत्तम मानिन्छ । यसमा सानो पापको पनि धेरै ठूलो फल प्राप्त हुन्छ । यस युगमा मनुष्यहरू ब्रह्मको उपासना गर्दछन् । यस युगमा आफ्ना चारै किसिमका चरणमा व्याप्त भई धर्मले निवास गरेको हुन्छ । यस युगमा ब्राह्मणबाहेक अन्य कुनै जातिलाई तपस्या गर्ने अधिकार छैन, जबकि हिजोआज तपाईको एउटा प्रजाले आँफू शुद्र भइकन पनि तपस्या थालेको छ । उसको तपस्याको प्रभाव सर्वत्र व्याप्त भएको हुनाले तपाईको राज्यमा वर्षा नभएको हो र सारा प्रजाले अनिकाल सहनु परेको हो । जबसम्म त्यस शूद्रको तपस्या भङ्ग हुँदैन, तबसम्म तपाईंको राज्यमा वर्षाको सङ्केत देखिने छैन । जनताको यो हाहाकार र दुर्भिक्ष शान्त हुनेछैन ।

त्यसैले तपाईले कि त उसको तपस्यामा विघ्न हाल्नु पर्यो कि त्यस शूद्र तपस्वीलाई बध गर्नुपर्यो । अनिमात्र राज्यमा वर्षा हुन्छ र जनताको अनिकाल समाप्त हुनेछ ।’ तर राजा धार्मिक, नीतिवान् र दयालु प्रवृत्तिका शासक थिए । उनलाई तपस्यामा विघ्न हाल्नु वा शुद्रको बध गर्नु दुबै कुरा पापकर्म हो भन्ने लाग्यो । उनको हृदय एकजना निरपराध प्रजालाई धर्मबाट विमुख बनाउन र मार्न तैयार भएन । त्यसैले मान्धाताले ऋषिलाई आफ्नो मनको कुरो बताउँदै उनीसित अर्को कुनै उपाय बताउन अनुरोध गरे । राजाले बिन्ति गरे – ‘हे देव! म त्यस निरपराधको धर्म र साधनामा विघ्न हाल्न र उसको हत्या गर्न मेरो मन स्वीकार गर्दैन । त्यसैले कृपा गरेर तपाईंले कुनै अरु उपाय बताएर मलाई प्रजाको सङ्कट निवारण गर्ने बाटो पहिल्याई दिनुहोस् ।’ राजाको अनुरोधपछि ऋषिले भने – ‘यसको एउटा उपाय छ, आषाढ़ महिनाको शुक्ल पक्षको एकादशी (पद्मा/पद्मनाभा वा हरिशयनी एकादशी) को विधिपूर्वक व्रत गर्नुहोस्, यस व्रतको प्रभावले अवश्य नै वर्षा हुनेछ ।’ ऋषिका कुरा सुनेर राजा मान्धाता वनबाट फिर्ता आए र उनले राज्यमा उर्दी गरेर देशभरि रहेका चारै वर्णका समस्त प्रजासहित आफूले पनि पद्मा एकादशीको विधिपूर्वक व्रत गरे । व्रतको प्रभावले उनको राज्यमा तुरुन्त मूसलधार वर्षा भयो, वर्षाको आगमनसँगै देशमा सहकाल आयो अनि पूरा राज्य धन-धान्यले परिपूर्ण भयो । नाम संकृतनि गृह त्यागि भक्तको कुरा गर्दा यस व्रत वाट ज्ञान को वर्षा हुन्छ।ब्रह्म मिलनको बाटो खुल्छ।योगिको कुरा गर्दा पेनियल ग्ल्याण्ड सक्रिय हुन सक्छ र ब्रह्म उर्जा वर्षा बाट योगिक आनन्द मिल्छ।

यसरी यहाँ हेर्दा हामीले यो हिसाबले पनि प्रस्टाउन सक्छौँ । मनुष्यको शरीर ब्रह्माको नगरी हो। यस ब्रह्माण्डमा पनि नवग्रह छन् र यी नवग्रहले हाम्रो जीवनमा प्रभाव पारिराखेको हुन्छ । मानसिक र शारीरिक शुद्धता भएमा सबै ग्रहको राम्रो किरण मात्र प्राप्त हुन्छ।

( भा.गीता ३/११) मा भनिएझैँ सबै कुरा भगवानलाई अर्पण गरेर मात्र लिने गर्नाले अहम् भाव नष्ट हुन्छ।

यसरी हेर्दा हामीले जानेर गरे पनि नजानेर गरे पनि एकादशी उपवास गर्दा फाइदा नै हुन्छ । जुन कुरा विज्ञानले पनि पारित गरेर हाम्रो धर्म इतर ब्यक्तिले पनि शारीरिक शुद्धताका लागि महिनाको दुइपटक व्रत बस्ने पाइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.