add

विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने कांग्रेसको निर्णय






ActPro Nepal

|

१४ असोज, २०८१

|
81

काठमाडौं ।  नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि राहतस्वरुप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए।

उनले ५० लाखमा सहयोग गर्न कांग्रेस सांसदहरुले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताए। उनले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजी तीव्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको बताए।

यस्तै, पार्टीको भ्रातृ, शुभेच्छुक संगठन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन कांग्रेसले निर्देशन दिएको छ।

बैठकले दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडोभन्दा चाँडो सुचारु गर्न जोड दिएको छ। विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ। एक महिने संगठन परिचालन कोजाग्रत पूर्णिमासम्म स्थगन गरिएको पनि प्रवक्ता महतले जानकारी दिए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.