add

जनताले कांग्रेसको एकलौटी सरकार चाहेको कांग्रेस नेतृ संग्रौलाको दाबी






ActPro Nepal

|

२८ जेठ, २०८१

|
160

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कुनैपनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दुरदराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरुले नै कांग्रेस बचाएको टिप्पणी गरेकी छन् । ती कार्यकर्ताले अब देशमा कांग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ । 

नेता संग्रौलाले देशभरका कार्यकर्ताहरुले पद, प्रतिष्ठा भन्दा पनि बलियो कांग्रेस र एकलौटी सरकार चाहेको जिकिर गरिन् ।आइतबार नेपाली कांग्रेस जाजरकोटले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा डा.संग्रौलाले प्रतिपक्षीको भूमिकामा कांग्रेसले खरो उत्रिन नसकेको भन्दै गुनासो गरिन् । 

चुनाव जित्नेहरुले आफूलाई सर्वैसर्वा ठान्ने र हार्नेहरुले दोषारोपण गर्ने प्रवृति हाबी हुँदा कांग्रेसको भविष्य संकटमा पर्ने चिन्ता थपिएकोउनको भनाइ छ । उनले नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि बताइन् ।

‘आज चुनाव जित्ने जनप्रतिनिधिहरुले आफू पपुलर भएर र सर्वैसर्वा भएर चुनाव जितेको दाबी गर्छन् । तर पार्टीसँगको सम्बन्ध बिगारेका छन् । टिकट पाएर हार्नेहरु फलानोका कारण हारेको भनेर गीत गाइरहेका छन् ।

पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन,’ उनले भनिन् । उनले टिकट, पद र प्रतिष्ठा नचाहिने सच्चा कांग्रेसीहरु दुरदराजमा बसेर संगठन बनाइरहेको बताइन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.