add

मधेश सरकार विस्तार, मन्त्री र राज्यमन्त्रीले लिए शपथ






ActPro Nepal

|

२८ जेठ, २०८१

|
105

धनुषा । मधेश प्रदेश सरकार विस्तार भएको छ।

मुख्यमन्त्री सतीश सिंहले जनमत पार्टीबाटै त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री बनाउँदै सरकार विस्तार गरेका हुन्।

आइतबार नै नवनियुक्त वनमन्त्री साह र विनाविभागीय राज्यमन्त्री सकिल मियाँले पद तथा गोपनियताको शपथ लिएका छन्। वनमन्त्री साहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी  र राज्यमन्त्री मियाँले मुख्यमन्त्री सतिश सिंहबाट शपथ लिएका हुन्।

१ मन्त्री र १ राज्यमन्त्री थपिएसँगै मधेश सरकार १६ सदस्यीय बनेको छ। शुक्रबार मुख्यमन्त्री बनेलगत्तै सिंहले १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.