add

प्रतिनिधिसभा बैठक २ दिनका लागि स्थगित






ActPro Nepal

|

२७ जेठ, २०८१

|
145

काठमाडौँ । प्रतिनिधिसभा बैठक २ दिनका लागि स्थागित हुने भएको छ।

सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले प्रतिनिधिसभाको आज र भोलिको बैठक स्थगित सूचना टाँस गरेर स्थगित गर्ने निर्णय गरेको हो।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक २ दिन स्थगित गरिएको हो।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.