add

हिक्मत कार्की कोसीको मुख्यमन्त्री नियुक्त






ActPro Nepal

|

२७ वैशाख, २०८१

|
339

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेका थिए। सोही अनुरुप आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिए पनि कार्कीलाई समर्थन गर्ने ५२ सांसदको हस्ताक्षर सनाखतपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

यता, सरकार गठन आह्वान गर्ने प्रक्रिया अवैध रहेको दाबीसहित निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दिएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.