add

गठबन्धनका कारण पार्टीमा भएको नोक्सानीबाट पाठ सिक्नुपर्छ : कांग्रेस नेता बस्नेत






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
61

काभ्रे । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गठबन्धनका कारण पार्टीमा भएको नोक्सानीबाट पाठ सिक्नुपर्ने बताएका छन्।

शनिबार काभ्रेको भुम्लु गाउँपालिका कार्य समितिको प्रथम सम्मेलन उद्घाटन गर्दै बस्नेतले गठबन्धनका कारण पार्टीले जित्ने सिट पनि अन्य पार्टीलाई दिनुपर्ने बाध्यताका कारण भएको नोक्सानीको पाठ सिक्नुपर्ने बताएका हुन्। 

उनले यसअघिको निर्वाचनमा गठबन्धनमा बिमेल हुदाँ पनि केही स्थानमा पराजय भोग्नुपरेको जिकिर गरे। स्थानीय पालिकालाई अधिकार दिएर केन्द्रले गठबन्धन गर्नुपर्ने आफू सुरुदेखिकै प्रस्ताव रहेको उनको भनाइ छ। बस्नेतले कांग्रेसले बाहेक देशको बिकास अन्य पार्टीले गर्न नसक्ने भन्दै प्रचार हुन नसकेको धारणा राखे। 

सो क्रममा कांग्रेस केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले भुम्लु गाउँपालिकाको विकासका लागि आफूले पहल गरिरहेको बताउनुभयो। आफू पदमा रहेपनि नरहे पनि जनताको दुःखसुखमा सधै साथ दिने उनको भनाइ छ।

त्यस्तै भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङले पार्टीभित्र एकता कायम गर्दै विकासका गतिविधिहरु अघि बढाइने बताए। विकासमा अब युवाले नेतृत्व गर्नुपर्ने र पार्टीभित्रका युवाहरुको सक्रिय सहभागीता रहनुपर्ने उहाले बताए।

कांग्रेसको जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले कांग्रेसको पहलमा काभ्रेमा धेरै विकास निर्माणका कामहरु भएको जिकिर गरे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.