add

‘यो सरकार कहिलेसम्म जान्छ यकिन छैन’






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
376

ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकार कहिलेसम्म जान्छ भन्ने यकिन नभएको बताएका छन्।

गृह जिल्ला ताप्लेजुङमा अयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराई एमाले ०८४ सम्मै गठबन्धनलाई लैजान पक्षमा भएपनि संसदीय अंकगणीतका कारण सरकार कहिलेसम्म जान्छ भन्ने भन्न नसकिने बताए।

‘२०८४को निर्वाचनसम्म गठबन्धन कायम राखेर जाऔं भन्ने सहमति भएको छ र एमाले त्यसैको पक्षमा छ,’ उनले भने, ‘तर अहिलेको संसद्को गणितको हिसाबले यो सरकार कहिलेसम्म जान्छ ठ्याक्कै भन्न सकिदैन।’

कतिपयले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने आशय ब्यक्त गरिरहेको भएपनि त्यो समय घर्किसकेको उनको दाबी छ ।

यस्तै, भट्टराईले इलाम र बझाङको निर्वाचनले संसदीय गणितमा फरक नपारेपनि मुलुकको मुख्य प्रतिष्पर्धी दल कांग्रेस र एमाले नै भएको प्रष्ट सन्देश दिएको उनले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.