काठमाडौं । काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।
निजी विमानमा बंगलादेश हुँदै नेपाल आएका अमिरलाई विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी दिएर सम्मान गरेको थियो।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उपस्थित थिए।
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजाबीच अपराह्न ५ः३५ मा द्विपक्षीय वार्ता शीतलनिवासमा हुनेछ। आधा घण्टाको भेटवार्ता हुनेछ। साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज आयोजना गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ। औपचारिक वार्ता ४५ मिनेटका लागि तय भएको छ। बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकामा दिवाभोज आयोगना गरेका छन्। दिवाभोजमा सहभागी भएर कतारका राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ। कतारका राजा २ बजे कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।