add

‘लगानी सम्मेलनले मध्यमस्तरका व्यवसायलाई पनि समेट्नु पर्छ’






ActPro Nepal

|

४ वैशाख, २०८१

|
100

काठमाडौं ।  नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजद्वारा आइतबार राजधानीमा आयोजित ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रियामा उनले आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन्।

‘पछिल्लो समय साना उद्योगी पनि विदेश पलायन भइरहेको अवस्था छ,’ उनले भने, ‘लगानीमैत्री वातावरण तय गरेर उहाँहरूलाई स्वदेशमा नै बस्ने वातावरण तय गर्नका लागि यस्ता लगानी सम्मेलनमा साना तथा मध्यमस्तरका व्यवसायलाई पनि समावेश गरेर लगानी जुटाउने वातावरण तय गरिनुपर्छ।’

मुलुकको आर्थिक समृद्धिका लागि मुनाफा दिने चिज हेर्नुपर्नेमा उनको जोड छ। मुलुक कृषि प्रधानबाट औद्योगिक अर्थतन्त्रमा रूपान्तरण भइरहेको भन्दै उनले औद्योगिक क्षेत्रको विकासका लागि पनि मानव स्रोत र प्रविधिको विकास हुन जरुरी रहेको बताए।

‘यति बेला मुलुकको आर्थिक क्षेत्रमा शिथिलता निरन्तर देखिएको छ, कसरी अर्थतन्त्र सुधार गर्नुपर्छ भन्नेमा गम्भीर किसिमको छलफल हुनुपर्छ र मुलुक कसरी समृद्धिको बाटोमा लैजाने भन्ने विषयको बुझाइमा एकरुपता आउन जरुरी छ,’ उनले भने, ‘हाम्रो जस्तो औद्योगिकीकरण हुँदै गएको अवस्थामा पुँजी, श्रम बजारको सुनिश्चितता जरुरी छ। पुँजीवादी बजार चलायमान हुनु पनि उत्तिकै जरुरी छ।’

मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको पनि विकास जरुरी रहेको उनले बताए । स्वदेशी उत्पादनको ठूलो बजार भारत र चीन रहेकाले कसरी उत्पादित वस्तुको बजार प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए।

‘आजभोलि आकर्षक श्रम र प्रविधिका कारण युवा शक्ति विदेश पलायन भइरहेका छन्, १२ कक्षा पढ्नेबित्तिकै सबै विदेश पलायन हुन थालेका छन्। सरी शैक्षिकस्तर सुधार गरेर स्वदेशमा नै प्रशस्त रोजगारीका माध्यमको विकास गरिनुपर्छ,’ डा. भट्टराईले भने।

डा.भट्टराईले नेपालको आन्तरिक बजार भारत र चीन भए पनि मुलुक भूराजनीतिक भूमरीमा फसिरहेकाले समस्या उत्पन्न भएको बताए। उनले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रको नै सुधार गरेर उत्पादन शक्तिको विकास गर्नुपर्नेमा जोड दिए।

‘कृषि क्षेत्रको सुधारका लागि हामीले अपनाउनुपर्ने मुख्य नीति भूमिसुधारको कुरा नै गर्दैनौँ,’ उनले भने, ‘खाद्य सुरक्षाको क्षेत्रमा लगानी सुरक्षित गर्नुपर्छ,’ उनले भने। उनले मुलुकको अर्थतन्त्र सुधारका निम्ति हरित ऊर्जाको विकासमा जोड दिन उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे।

डा. भट्टराईले लगानी सम्मेलनमा मुलुकको खास क्षेत्रमा लगानी गर्नुपर्ने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.