काठमाडौँ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत उक्त निर्देशिका हालसालै सार्वजनिक गरिएको हो ।
सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि र प्रयोगकर्ताको स्वनियमनलाई प्रवद्र्धन गर्न उक्त निर्देशिका जारी गरिएको हो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालन सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।