add

दुर्गा प्रसाईंप्रति खनिए ओली-'मानसिक समस्या छ,के बोल्छन् आफैँ थाहा पाउँदैनन्'






ActPro Nepal

|

९ भदौ, २०८०

|
129

विराटनगर। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानसिक रोगी भएको बताएका छन्।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको आयोजनामा शुक्रबार साँझ विराटनगरमा भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले दुर्गा प्रसाईंको नाम लिएनन् तर प्रसाईंलाई नै लक्षित गर्दै उनी मानसिक रोगी भएको बताए।

व्यवसायी प्रसाईं केही समययता मारवाडी समुदायका व्यवसायीलाई विभिन्‍न आरोप लगाउँदै उनीहरूलाई बदनाम गर्ने अभियानमा छन्।

‘त्यो उनको जिम्मेवारीपूर्ण बोली होइन, उनले सोचीबिचारी बोलेका पनि होइनन्’, पूर्वका व्यवसायीलाई सम्बोधन गर्दै ओलीले भने, ‘खासमा उनमा मानसिक समस्याको कुरा छ। त्यसैले के-के बोल्छन् के-के! आफैँ थाहा पाउँदैनन्। मलाई पनि व्यक्तिगत गाली कति गरे, तपाईंहरूले सुन्‍नु नै भयो होला।’

व्यवसायीलाई अध्यक्ष ओलीको आग्रह थियो, ‘त्यसैले उनले भनेका कुरामा चिन्ता नगरौँ, बरु उनमा सहानुभूति राखौँ। उनको समस्या छिटो ठिक होस् भन्‍ने कामना गरौँ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.