add

अमेरिकी उपमन्त्री नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै






ActPro Nepal

|

१६ माघ, २०७९

|
351

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छन्।

उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन। भेटमा एमसीसी परियोजना कार्यान्वयनलगायतका विषयमा छलफल हुने बताइएको छ।

नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आएकी थिइन्।

गत मंसिर ४ को आम निर्वाचनबाट प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। उनले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.