add

गण्डकी प्रदेशको सभामुखमा कृष्ण धिताल निर्वाचित






ActPro Nepal

|

३० पुष, २०७९

|
361

काठमाडौं ।  गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण धिताल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका धिताल सभामुखमा निर्वाचित भएका हुन् ।

गठबन्धनका उमेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङेको मत पनि उनले पाए । नेपाली कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उमेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरिन् ।

एमालेबाट निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले वरिष्ठताको आधारमा सभामुखको भूमिका निर्वाह गरेकाले उनी मतदानमा सहभागी भएनन् । नेपाली कांग्रेसका एक सांसद भने अनुपस्थित रहे ।

सभामुखमा निर्वाचित धिताल गत मङ्सिर ४ गते भएको निर्वाचनमा गोरखा क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुन् ।

सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.