add

कार्यकर्तालाई ओलीको निर्देशन-'समानुपातिक मत तलमाथि गर्न सक्छन् मतगणनामा चनाखो रहनू'






ActPro Nepal

|

१० मंसिर, २०७९

|
344

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा चनाखो रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

समाजिक सञ्जाल मार्फत उनले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत नकट्ने भएकाले गठबन्धनकै अर्को दलमा जोड्ने जस्ता कार्य हुनसक्ने भन्दै पार्टी पङ्क्तिलाई सजग रहन निर्देशन दिएका हुन् ।

'समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ।

एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्नेजस्ता गलत कार्य पनि हुनसक्छ।

जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस्। मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,' उनले समाजिक सञ्जालमा लेखेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.