add

काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट, यी १० स्थानमा हुँदैछ गणना






ActPro Nepal

|

४ मंसिर, २०७९

|
252

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना आइतबार रातिदेखि शुरु गरिने भएको छ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार १० वटै क्षेत्रको मतगणना रातिबाट  शुरु हुन लागेको हो ।

मतपत्रका बाकसहरु आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना हुने आयोगले जनाएको छ ।

काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी गरिएको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.