new mega bankadd

सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै कांग्रेस-माओवादीको आपत्ति






ActPro Nepal

44

३ मंसिर, २०७९

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई पार्टीबीच फाटो गराउने आशयले सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शनिबार एक विज्ञप्ति जारी गरी विभिन्न अनलाइन सञ्चार माध्यमको समाचारको दुरुपयोग गरेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो ।’

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी षड्यन्त्र गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न आग्रह गरेका छन् ।

दूराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गरेकामा पनि उनीहरुले आपत्ति जनाएका छन् ।

‘साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि समेत सरकारसँग माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.