add

स्थिर समय : चुनाव प्रचारका पोस्ट लाइक, कमेन्ट र सेयर गर्न नपाइने






ActPro Nepal

|

२ मंसिर, २०७९

|
394

काठमाडौं  । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ।

यस अवधिमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले आग्रह पनि गरेको छ।

मंसिर ४ गते हुने चुनावमा निर्वाचन आयोगले सामाजिक सञ्जालका गतिविधिलाई विशेष ध्यानमा राखेको छ ।

आयोगले मौन अवधिमा सामाजिक सञ्जाल तथा अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट उम्मेदवारको पक्ष या विपक्षमा सन्देश प्रचार प्रसार गर्न नपाउने बताएको छ ।

फेसबुक ट्वीटर वा टिकटक कुनैमा पनि दल वा उम्मेदवारको बारेमा साग्री शेयर गर्न वा गराउन नपाइने बताएको हो ।

निर्वाचन प्रचार प्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम तथा शर्ट मेसेज सर्भिस एसएमएस वा म्यासेन्जर डिएम गर्न नहुने निर्देशन दिएको छ ।

राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ सङ्गठनहरूको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार प्रसार सामग्री हटाउनुपर्नेछ ।

जसअनुसार सामाजिक सञ्जालबाट गरिएका विज्ञापन, तथा निर्वाचन प्रचार प्रसार सामग्री समेत १२ बजेअघि हटाइसक्नुपर्ने छ ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.