add

ओली भन्छन्,‘देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भयाे’






ActPro Nepal

|

२९ साउन, २०७९

|
628

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रित भएको बताएका छन् ।

आइतबार काठमाडौँमा राष्ट्रिय आर्थिक मासिकको १२ औं वार्षिकोत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले मुलुकमा देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भएको बताए ।

आफूले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्रो नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसँग खेलबाड गर्न नहुने ओलीको भनाइ छ ।

त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्य संयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोशिस गरेको आरोप लगाए । उनले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताए । अहिले सबैको ध्यान मुलुकको विकासमा केन्द्रित हुनुपर्ने भएपनि नेताहरुमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उनले उल्लेख गरे ।

उनले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.