add

मन्त्रिमण्डल हेरफेर, को-को बने नयाँ मन्त्री (सूचीसहित)






ActPro Nepal

|

१२ असार, २०७९

|
756

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार देउवाले चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहायअनुसार नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसअनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार (भोली) हुने बुझिएको छ ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रिहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै एकीकृत समाजवादीले जेठ २२ गते नै प्रधानमन्त्री देउवालाई पत्र पठाएतापनि बजेट अधिवेशनका कारण मन्त्री परिवर्तन भएका थिएनन् ।  



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.