add

काठमाडौं जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिवक्ता मनिराम उपाध्ययको उम्मेदवारी किन ? (भिडियोसहित)






ActPro Nepal

|

१२ असार, २०७९

|
1414

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएसन निर्वाचन यही असार ३२  गते हुँदैछ ।   

पेशागत मर्यादा, व्यवसायिक दक्षता अभिवृद्धि गर्न र पेशामा स्थापित गराउन वैचारिक नेतृत्वको लागि अध्यक्ष पदमा सक्षम न्यायालय र मर्यादितबार मुख्य एजेण्डाका साथ अधिवक्ता मनिराम उपाध्ययले अध्यक्ष पदमा उम्मेदवारी दिदैछन् ।  

अध्यक्षका प्रत्यासी  अधिवक्ता  उपाध्ययले स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार,  संविधानको रक्षा र कार्यान्वयन काठमाडौं जिल्ला बार एशोसियसनको प्रमुख दायित्व भएको दाबी गर्दै आगामी निर्वाचनमा आफू होमिन लागेको बताएका छन्।

दुर्भाग्य, न्यायालय र यसको नेतृत्व आज एकपछि अर्को यस्तै समस्या र विवादमा पर्दै गएको छ। यसका कामकारबाही आलोचना भएका छन्। कतिपय फैसलामा गम्भीर जनचासो र चिन्ता प्रकट भएका छन्। 

न्यायाधीशहरूको निश्पक्षता, सक्षमता, स्वतन्त्रता र जवाफदेहितामा गम्भीर प्रश्न खडा भएका यसको शुदिकरणको लागि पनि सक्षम नेतृत्वको खोजीका बार रहेको छ । त्यसको लागि उपाध्ययको दाबी देखिएको छ । 

के-के छ प्रतिवद्धता ?

उपाध्यय विगत १३ वर्षदेखि विशुद्ध रुपमा व्यवसायमा आवद्ध रहेका व्यक्ति हुन् । उनले कानून व्यवसायमा प्रवेश गरेसँगै कानून व्यवसायीलाई हेर्नेदृष्टिकोण परिवर्तत ल्याएका छन् । 

कानूनी बहशमा हुने गरेका दुविद्धा चित्र र नव आगन्तुक प्रवेश गर्नेहरुको लागि यसमा नी भविष्य छ है भन्ने बनाउने नै उनको प्रतिवद्धता रहेको छ । 

अदातलमा भएको गलत कुराको उजागर गर्ने,सिण्डिकेट प्राथा हटाउने नै उनको प्रतिवद्धता रहेको छ । 

हेर्नुहोस् भिडियोमा:-




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.