add

एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीय: छमेकी राष्ट्र चीन






ActPro Nepal

|

१० असार, २०७९

|
936

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाको संलग्नता अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई छिमेकी राष्ट्र चीनले प्रशंसा गरेको छ । 

चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एसपीपीमा अगाडि नबढ्ने नेपालको निर्णयलाई प्रशंसा गरेका हुन् । 

पत्रकार सम्मेलनमा वेनबिनले एसपिपी हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको बताउँदै यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपिपीबाट बाहिरिने निर्णय गरेको भन्दै प्रशंसा गरेका थिए ।

‘एसपिपीलाई लिएर नेपालमा व्यापक विरोध भयो । धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गर्यो,’ उनले भने, ‘नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपिपीबाट बाहिरिने निर्णय गरेको हो ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र गैरअखण्डताप्रतिको प्रतिबद्धतालाई चीनले निरन्तर समर्थन गर्ने पनि बताए । चीन नेपालसँग मिलेर क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षा गर्न चीन तयार रहेको पनि उनको भनाइ थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.