add

गठबन्धन प्रदेश र संघीय चुनावसम्मै रहन्छः रामचन्द्र पौडेल






ActPro Nepal

|

९ जेठ, २०७९

|
886

तनहुँ  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र संघीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् ।

संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए ।

तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे ।

सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन  पनि गरे । ‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु,’ पौडेलले भने ।

उनले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचारमुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैँसे थपिदिएको पनि बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.