add

नेपालका जलासययुक्त आयोजनामा लगानी गर्न बेलायत सरकारलाई मन्त्री भुषालको आग्रह






ActPro Nepal

|

२६ वैशाख, २०७९

|
1193

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बेलायत सरकारलाई नेपालका जलासययुक्त आयोजनामा लगानी गर्न आग्रह गरेकी छिन् ।

ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनमन्त्री भुषाल र वेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरेकी हुन् ।

मन्त्रालयमा सोमबार मन्त्री भुषाल र नपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भएको शिष्टाचार भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको थियो ।

भेटमा भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । साथै कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।’

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लागेको र सो भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.