add

६५ वर्षदेखि वृद्धभत्ता र सुत्केरीलाई पाँच हजार पुगाउँछौँ : कांग्रेस प्रवक्ता महत






ActPro Nepal

|

२६ वैशाख, २०७९

|
993

काठमाडौं  । नेपाली कांग्रेसले ६५ वर्षदेखि वृद्धभत्ता उपलब्ध गर्ने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशसरण महतले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ६५ वर्षमै वृद्धभत्ता उपलब्ध गराउने पार्टीको प्रतिबद्धतालाई कार्यान्वयन गरिने बताएका हुन्।

'हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने अठोट गरेका छौं। हाम्रो सरकार बनेपछि उक्त प्रतिबद्धता पुरा गर्ने छौं। त्यस्तै सुत्केरी महिलालाई पाँच हजार उपलब्ध गराउने पार्टीको निर्णय छ। त्यो पनि कार्यान्वयनमा ल्याउने छौं,' महतले भने।

त्यसका साथै साना किसानका लागि १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराइने कांग्रेसले जनाएको छ।

वृद्धभत्ताको व्यवस्था ६५ वर्ष माथिका नागरिकका लागि गरिने प्रतिबद्धता पटक-पटक पार्टी सभापति शेरबहादुर देउवाले पनि चुनावी सभाहरूमा गर्दै आएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.