add

नेपालको अहिलेको भौगोलिक इकाइ पृथ्वीनारायण शाहकै कारण प्राप्त भएको हो : थापा






ActPro Nepal

|

२७ पुष, २०७८

|
957

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम भएको बताएका छन् ।

पृथ्वीजयन्तीको दिन आज थापाले सामाजिक सञ्जालमार्फत पृथ्वीनारायण शाहकै कारण नेपालको अहिलेको भौगोलिक इकाइ प्राप्त भएको उल्लेख गरेका हुन् । थापाले पृथ्वीनारायण शाहको मूल्यांकन उनका सन्ततिहरूले गरेको कामको आधारमा गर्न नहुने पनि जनाएका छन् । 

थापाले लेखेका छन्,‘पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आवश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरूले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.