add

कांग्रेस सभापतिका आकांक्षी कल्याण गुरुङले जारी गरे १२ बुँदे प्रतिबद्धता(पूर्णपाठ)






ActPro Nepal

|

२२ मंसिर, २०७८

|
630

काठमाडौं  । कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा  सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता कल्याण गुरुङ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।  

बुधबार नेता गुरुङले २० पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक प्रतिबद्धतामा निःशुल्क र गुणस्तरीय शिक्षा, निःशुल्क र नियमित स्वास्थ्य सेवा, निःशुल्क न्याय सेवा, निःशुल्क सुरक्षा सेवा, जनहितमुखी प्रगतिशील कर नीतिलगायतका विषय समेटेका छन् ।

गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन् ।  

कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङले ०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका थिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.