add

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन अध्यक्ष, धवलशमशेर महामन्त्री






ActPro Nepal

|

९ मंसिर, २०७८

|
683

काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदै छ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गर्न लागेका हुन् । 

उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’

अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए । 

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् । 

पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् । 

राप्रपाको महाधिवेशन १५-१७ मंसिरमा हुँदै छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.