add

राष्ट्रपतिद्वारा भक्तपुरको नवदुर्गा भवानीको दर्शन






ActPro Nepal

|

३ कार्तिक, २०७८

|
841

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुर स्थित नवदुर्गाकोे दर्शन गरेकी छिन् ।

दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर विजयादशमीलाई बिदाई गरिने परम्परालाई निरन्तरता दिदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले मंगलबार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरि प्रसाद ग्रहण गरिन् । उक्त अवसरमा नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको टीका प्रसाद प्रदान गरेका थिए ।

यस्तै नवदुर्गा गणका नाईके विजेश वनमालाले राष्ट्रपतिलाई नवदुर्गाको फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिइन् । नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको प्रसादको रुपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिने पुरानो चलन हो । नवदुर्गा गणको जात्राका लागि समस्या भएको वनमालाहरुले राष्ट्रपतिलाई जानकारी गराएका थिए । उनीहरुले अघिल्लो वर्ष राष्ट्रपतिको नै उपस्थितिमा भएको नवदुर्गा गणको जात्राको खर्च बापत पाउनु पर्ने सहयोग हाल सम्म नपाएको पुजारी बालकृष्ण बनमालाले जानकारी गराएका थिए ।

नवदुर्गाको मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्येक मुकुन्डोमा दक्षिणा चढाउने परम्परा छ । यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ । नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन् । राष्ट्रपति भण्डारीले नवदुर्गा पुजा सँगै देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाएकी छिन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.